निर्वाचन प्रहरी छनोटविरुद्ध प्रदर्शन गर्ने चारजना पक्राउ

बुधबार, १५ माघ, २०८२
डिजिटल संस्करण

बर्दियामा निर्वाचन प्रहरी छनोट प्रक्रिया निष्पक्ष नभएको प्रदर्शन गर्ने चारजना युवालाई प्रहरीले पक्राउ गरेको छ। निर्वाचन प्रहरीको नतिजा प्रकाशन गर्दा असन्तुष्ट केहीले मंगलबार जिल्ला प्रशासन कार्यालयभित्र नारा जुलुस गरेका थिए।  

प्रदर्शनपछि प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले निर्वाचन प्रहरीमा चित्त नबुझेका उम्मेदवारहरूले  जिल्ला प्रहरी कार्यालय बर्दियामा निवेदन दिने गरी मौखिक सहमति भएको थियो। केहीलाई भने प्रहरीले पक्राउ गरेपछि आफन्त असन्तुष्ट बनेका छन्। पक्राउ परेकामध्ये एकजना महिला र तीनजना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक देवेन्द्रकुमार मल्लले बताए।

गुलरिया नगरपालिका, १ पार्वती मन्दिरटोलका हर्कबहादुर कामीले आफ्नो छोरा अर्जुन रसाइली म्यादी प्रहरीको नतिजा विषयमा चित्त नबुझेर मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय नारा जुलुस गर्न गएको बताए। उनले भने, ‘हिजो मेरो छोराले नतिजामा चित्त नबुझाएर आन्दोलन गर्यो। तर, आज छोरा पक्राउ परेको कुरा साँझपख मात्र थाहा पाएँ।’ 

सुझावित समाचार