सिराहाको औरहीबाट एक क्वीन्टल बढी गाजासहित तीन जना पक्राउ

शनिबार, १७ असोज, २०८३
डिजिटल संस्करण

लहान /सिराहाको दक्षिणी सीमावर्ती  औरहीबाट सशस्त्र प्रहरी बलको गस्ती टोलीले एक क्वीन्टल भन्दा बढी प्रतिबन्धित गाजा बरामद गरेको  छ ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं.७ गण हेडक्वाटरबाट सशस्त्र प्रहरी नायव निरीक्षकको कमान्डमा खटिएको टोलीले शनिबार बिहान सिराहाको औरही गाउँपालिका १ दरहैयाबाट ११०.७६० किलोग्राम गाजासहित तीन जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल सिरहाका प्रमुख  सशस्त्र प्रहरी उपरीक्षक सुमनजंग थापाले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा औरही २ का करिब ४३ वर्षका मिश्रीलाल सदाय, वर्ष ३१ का मनिकलाल सदाय र धनगढीमाइ नगरपालिका ५ का श्यामसुन्दर यादव छन् । गाजासहित पक्राउ गरिएकाहरुलाई सम्बन्धित निकायमा बुझाइएको उनले बताए ।

त्यसअघि सशस्त्र प्रहरीले बिहिबार सुखीपुर नगरपालिका १० गागन खोला  नजिक विश्वकर्मा  चोकबाट ११ क्वीन्टल २.६५५ किलो गाजा बरामद गरेको थियो ।
 

सुझावित समाचार