काठमाडौं- नेपाली कांग्रेसका नेता टेकराज पौडेलले १५ औँ महाधिवेनशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने भएका छन्। हाल उनी पार्टीमा केन्द्रीय सदस्य छन्।
गृहजिल्ला बाग्लुङबाट महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मत ल्याएर विजयी भएका पौडेलले यसपटक सहमहामन्त्रीमा उम्मेदवारी दिन लागेका हुन्।
आइतबारदेखि सुरु हुन लागेका महाधिवेशनमा धमाधम उम्मेदवारी घोषणा भइरहेको छ।