पोखरीमा डुबेर एक युवकको मृत्यु

शनिबार, १७ असोज, २०८३
डिजिटल संस्करण

रौतहटको फतुवा विजयपुर नगरपालिका–१ बैरगिनिया टोलमा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ।स्थानीय रामहरि दासका छोरा अन्दाजी २८ वर्षीय राजेश दास स्थानीय अरविन्द यादवको पोखरीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। पोखरीमा युवक घोप्टो परेको अवस्थामा देखेपछि स्थानीयले शुक्रबार बिहान १० बजेर ५ मिनेटमा प्रहरीलाई खबर गरेका थिए।

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सन्तपुर लक्ष्मिनियाबाट प्रहरी नायब निरीक्षक विनोद पासवानको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थल सुरक्षित राखी प्रारम्भिक अनुसन्धान थालेको जनाएको छ।

घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरबाट प्रहरी निरीक्षक रादेश कुमार खत्रीको नेतृत्वमा वैज्ञानिक अनुसन्धानसहितको प्रहरी टोली घटनास्थल पुगेको छ।युवकको मृत्यु पोखरीमा डुबेर भएको हो वा घटनासँग अन्य कुनै कारण जोडिएको छ भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

सुझावित समाचार