नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष तथा ग्लोबल राइजिङ समूहका अध्यक्ष महेशकुमार बस्नेतलाई विश्व शान्ति महासंघले ‘एम्बेसडर अफ पिस’ उपाधिले सम्मान गरेको छ ।
उनले समाजमा पुऱ्याएको योगदान, सामाजिक उत्तरदायित्व तथा शान्ति, सहकार्य र आपसी समझदारी प्रवर्धनमा पुऱ्याएको योगदानबापत सम्मान गरिएको महासंघले जनाएको छ ।
शुक्रबार अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसर पारेर आयोजित कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका उपकुलपति प्राडा जनार्दन लामिछानेले बस्नेतलाई सम्मान प्रदान गरेका हुन् ।
संयुक्त राष्ट्रसंघले हरेक वर्ष २ अक्टोबरलाई महात्मा गान्धीको जन्मदिनको अवसर पारेर यो दिवस मनाउँदै आएको छ । सम्मान प्राप्त गरेपछि बस्नेतले यो व्यक्तिगत उपलब्धिभन्दा पनि समाजप्रति थप जिम्मेवार भएर काम गर्ने प्रेरणा मिलेको बताए । महासंघ सन् २००५ मा अमेरिकाको न्युयोर्कमा स्थापना भएको अन्तर्राष्ट्रिय शान्ति सञ्जाल हो ।