महावीर पुनले म्याग्दी पुगेर पहिलो नम्बरमा दर्ता गराए उम्मेदवारी

मंगलबार, ७ माघ, २०८२
डिजिटल संस्करण
महावीर पुनले म्याग्दी पुगेर पहिलो नम्बरमा दर्ता गराए उम्मेदवारी

तस्बिर : कमल खत्री /म्याग्दी

शिक्षा मन्त्रालयबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीमा उम्मेदवारी दर्ता गराएका छन्। उनले पहिलो नम्बरमा नै स्वतन्त्र उम्मेदवारको रूपमा उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय म्याग्दीका सहायक निर्वाचन अधिकृत जगत भण्डारीले बताए ।

उनी १०:३० बजे  नै उम्मेदवारी दर्ता गर्न पुगेका थिए । ‘उहाँ सुरुमै आएर पहिलो नम्बरमा स्वतन्त्र उम्मेदवारको रूपमा उम्मेदवारी दर्ता गराएर जानुभयो,’ सहायक निर्वाचन अधिकृत भण्डारीले भने । मन्त्री पुनले आज बिहानै राजीनामा दिएका थिए । यसअघि उनको सचिवालयले भने राजीनामा दिनुको कारण उम्मेदवारी दिन नभएको बताए पनि मन्त्री पुनले म्याग्दीबाट स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका हुन्।

सुझावित समाचार