काठमाडौं १ बाट तेस्रोपटक चुनाव लड्दै रवीन्द्र मिश्र

सोमबार, ६ माघ, २०८२
डिजिटल संस्करण

काठमाडौंको क्षेत्र नम्बर १ मा राप्रपाबाट रवीन्द्र मिश्रले टिकट पाएका छन्। यसअघि पनि दुईपटक उनी सो क्षेत्रबाट चुनाव लडेको झिनो मतले पराजित भएका थिए। 

राप्रपाले सोमबार काठमाडौको १० वटै क्षेत्रका उम्मेदवार तय गरेको हो। 

काठमाडौं २ मा कुन्ती पोखरेल, काठमाडौं ३ मा सुन्दरसिंह बोहोरा,काठमाडौं ४ मा सुरेन्द्र भण्डारी, काठमाडौं ५ मा कमल थापा, काठमाडौं ६ मा उद्धव भेटुवाल, काठमाडौं ७ मा लालकुमार लामा, काठमाडौं ८ मा नवीन शाही, काठमाडौं ९ मा दिलीप कार्की र काठमाडौं १० मा बलराम थापालाई उम्मेदवार बनाउने निर्णय भएको छ। 

सुझावित समाचार