फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रामेछापमा मुख्य निर्वाचन अधिकृतको कार्यालय शुक्रबार उद्घाटन गरिएको छ। उक्त कार्यालय रामेछाप जिल्ला अदालतको कार्यालयमा नै रहने गरी कार्यालय उद्घाटन भएको हो।
निर्वाचन आयोगको निर्णयअनुसार रामेछापको मुख्य निर्वाचन अधिकृतमा रामेछाप जिल्ला अदालतका जिल्ला न्यायाधीश राजेन्द्र नेपाललाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी प्रदान गरेको छ। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि माघ ६ गते विहान १० बजेदेखि ५ साँझ ५ बजेसम्म मनोनयन-पत्र दर्ता गर्ने तालिका रहेको छ।
एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रामेछापका ८ स्थानीय तहमा गरी कुल एक लाख ८७ हजार नाै सय ५२ जना मतदाता रहेका छन् । मुख्य निर्वाचन कार्यालयबाट अब निर्वाचनसम्बन्धी हुने सबै गतिविधिहरू सोही कार्यालयमार्फत हुने जनाइएको छ।