गगन थापालाई बाबुराम भट्टराईको बधाई, भने– पुराना दलहरूको पुनर्संरचना प्रक्रिया सुरु भयो

बिहिबार, २ माघ, २०८२
डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापालाई सभापतिमा निर्वाचित हुन सफल भएकोमा बधाई दिएका छन्। उनले यसलाई पुराना राजनीतिक दलहरूमा समयानुकूल सुधार र पुनर्संरचनाको सुरुवात भएको महत्त्वपूर्ण कदमको रूपमा मूल्यांकन गरेका छन्।

भट्टराईले भने, ‘पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसबाट सुरु भएको समयानुकूल पुनर्संरचना सफलतापूर्वक सम्पन्न भएकोमा नवनिर्वाचित सभापति गगनकुमार थापा र टोलीलाई हार्दिक बधाई तथा शुभकामना ।’

उनले नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरू र पुनर्संरचित दलहरूबिच स्वस्थ प्रतिस्पर्धा र सहकार्यले संघीय लोकतान्त्रिक गणतन्त्र बलियो बन्ने विश्वास व्यक्त गरे। भट्टराईले थपे, ‘यसले अन्य दलहरूको अग्रगामी पुनर्संरचनामा पनि योगदान पुर्याओस् र देशमा लोकतन्त्रको आधार अझ मजबुत बनोस्।’

सुझावित समाचार