सुनको मूल्य ताेलामा दुई हजार एक सयले बढ्यो

शुक्रबार, २५ पुष, २०८२
डिजिटल संस्करण

आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार एक सय रुपैयाँले बढेर दुई लाख ६७ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहीबार सुन तोलामा दुई लाख ६५ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँ घटेर चार हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी तोलामा चार हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो । 
 

सुझावित समाचार