नेपाल बैंक र मेडिकेयर हस्पिटलबिच छुट सम्झौता भएको छ । बैंकमा खाता रहेका ग्राहकलाई छुट दिने गरी सम्झौता गरिएको हो ।
सम्झौतापत्रमा बैंकका तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र मेडिकेयरका तर्फबाट व्यवस्थापन प्रबन्धक रोशन ओझाले हस्ताक्षर गरे ।
यो साझेदारीअन्तर्गत बैंकमा आबद्ध सबैले चाबहिलमा रहेको मेडिकेयर हस्पिटलमा १० प्रतिशत छुट पाउनेछन् ।