सन् १९५९ : सोभियत संघले प्रक्षेपण गरेको लुना १ पृथ्वीको गुरुत्वबाहिर जाने पहिलो अन्तरिक्षयान बन्यो ।
सन् १८८४ : क्रमिक सुधारमार्फत समाजवाद निर्माणको उद्देश्यप्रति समर्पित फेबियन सोसाइटी आजकै दिन निर्माण भएको थियो । यस समाजको बेलायतको लेबर पार्टीमा निकै ठुलो प्रभाव थियो ।
सन् १८८७ : थोमस स्टिभन्स साइकलमा विश्व भ्रमण गर्ने पहिलो व्यक्ति बने ।
सन् १९४८ : बर्माले बेलायतको शासनबाट स्वतन्त्रता घोषणा गर्यो ।
सन् २००७ : अमेरिकाको ११०औँ कंग्रेसले न्यान्सी पेलोसीलाई देशको तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ)को पहिलो सभामुख छान्यो ।
सन् २०१० : ८२९.८ मिटर उचाइ भएको विश्वको सबैभन्दा अग्लो भवन निर्माण सुरु भएको ६ वर्षपछि आजको दिनबाट औपचारिक रूपमा खुला भयो ।
सन् २०२१ : अक्सफोर्ड–अस्ट्राजेनेकाले निर्माण गरेको पहिलो कोभिड–१९ विरुद्धको खोप आमसर्वसाधारणलाई दिन थालियो । ब्रिटिस नागरिक ब्रायन पिंकर खोप लगाउने पहिलो व्यक्ति भए ।
सन् २०२१ : पहिले नै विश्वको सबैभन्दा न्यून जन्मदर भएको देश दक्षिण कोरियामा रेकर्ड राख्न थालिएपछिकै पहिलोपटक जन्मभन्दा मृत्यु बढी मापन भयो ।