फागुन २१ लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन प्रहरी (म्यादी प्रहरी) भर्ना गर्न अर्थ मन्त्रालयले बजेट सुनिश्चितता दिएको छ। त्यससँँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले भर्ना प्रक्रिया अघि बढाउने तयारी गरेका छन्।
निर्वाचन प्रहरी भर्नाका लागि नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० जना भर्नाका लागि अनुमति पाएको छ।
त्यस्तै, सशस्त्र प्रहरी बलले १५ हजार ११० जना भर्ना गर्ने भएको छ। गृह मन्त्रालयका एक अधिकारीका अनुसार भर्ना प्रक्रिया संयुक्त रूपमा हुनेछ । नेपाल प्रहरी र सशस्त्र प्रहरीमातहत खटिने म्यादी प्रहरीको पोसाक फरक हुनेछ ।
०६४ सालको निर्वाचनमा पनि सशस्त्र प्रहरी बलले निर्वाचन प्रहरी भर्ना गरेको छ। यसपटक सशस्त्र प्रहरीले दोस्रोपटक निर्वाचन प्रहरी भर्ना गर्न लागेको हो। सशस्त्र प्रहरी निर्वाचनको दोस्रो घेरामा हुनेछ । गस्ती र पेट्रोलिङका लागि जनशक्ति अपुग हुने भएपछि सशस्त्र प्रहरीले पनि निर्वाचन प्रहरी भर्ना गर्न लागेको हो।