नेकपाले समानुपातिकमा नदोहोर्‍याउने, मन्त्री भएकाले पनि अवसर नपाउने

सोमबार, १४ पुष, २०८२
डिजिटल संस्करण
नेकपाले समानुपातिकमा नदोहोर्‍याउने, मन्त्री भएकाले पनि अवसर नपाउने

फाइल तस्बिर

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ अवसर पाइसकेकाहरु र प्रत्यक्ष निर्वाचित भएर मन्त्री भएकालाई पनि समानुपातिकमा अवसर नदिने भएको छ।

समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन सोमबार निर्वाचन आयोग पुगेका नेता राजेन्द्र पाण्डेले पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्।

युवा पुस्तालाई ध्यानमा राखेर बन्दसूची तयार गरिएको बताउँदै उनले भने, ‘हामीले विगतमा समानुपातिक पद्धतिबाट निर्वाचित भएका र विगतमा (प्रत्यक्षबाट) मन्त्री भएर फेरि समानुपातिकमा आउन चाहानेहरु सबैलाई ढोका बन्द गर्यौँ।’

अहिले पार्टी एकता भइसकेकाले साबिकको माओवादी केन्द्र र एकीकृत समाजवादीका नाममा भागबण्डासमेत नगरेको नेता पाण्डेको दाबी छ।

सुझावित समाचार