इतिहासमा आज

बुधबार, ९ पुष, २०८२
डिजिटल संस्करण

सन् १९६८ : एपोलो ८ मा सवार अन्तरिक्षयात्री चन्द्रमा परिक्रमा गर्ने पहिलो मानव बने । तिनैले यसै दिन सो यानबाट पृथ्वीको तस्बिर खिचे, जसलाई ‘पृथ्वी उदय (अर्थराइज) भनिन्छ ।

सन् १७७७ : आफ्नो तेस्रो यात्रामा जेम्स कुक किरिटिमाटी पुग्ने पहिलो युरापेली बने । उनले सो टापुको नाम बदलेर क्रिसमस टापु राखे ।

सन् १८१४ : अमेरिका र बेलायतबिच दुई वर्षदेखि चलिरहेको युद्ध औपचारिक रूपमा अन्त्य गर्ने सम्बन्धमा ‘गेन्ट सम्झौता’ भयो । सन् १८१२ को युद्धलाई अमेरिकाको राष्ट्रिय पहिचान विकास गर्न सघाउने घटनाका रूपमा चिनिन्छ ।

सन् १९४३ : अमेरिकी राष्ट्रपति फ्य्रांकलिन डी रुजबेल्टले जनरल ड्विट डी. आइजनहावरलाई मित्रशक्तिका सर्वोच्च कमान्डर नियुक्त गरे । धेरैले अमेरिकी सेना प्रमुख जर्ज सी मार्शलले सो पद पाउने आशा गरेका थिए, तर रुजबेल्टले उनलाई अमेरिकी सैन्य रणनीति हेर्न वासिंटनमै राखेर आइजनरहावरलाई सो पद दिए । 

सन् १९८९ : चाल्र्स टेलर नेतृत्वमा रहेको ‘नेसनल प्याट्रोटिक फ्रन्ट अफ लाइबेरिया’का फौजले निम्बा काउन्टीमा आक्रमण गरेसँगै पहिलो लाइबेरिया गृहयुद्ध सुरु गरे । आठ वर्ष चलेको युद्धमा डेढ लाख मारिए भने देशका एकतिहाइ जनसंख्या विस्थापित भए । 

सुझावित समाचार