अध्यक्षमा पराजित पोखरेलले भने– एमालेको अभियानमा मेरो संलग्नता रहिरहन्छ

बिहिबार, ३ पुष, २०८२
डिजिटल संस्करण
अध्यक्षमा पराजित पोखरेलले भने– एमालेको अभियानमा मेरो संलग्नता रहिरहन्छ

फाइल तस्बिर

नेकपा एमालेको अध्यक्षमा पराजित भएका ईश्वर पोखरेलले निर्वाचित सबैलाई बधाई तथा शुभकामना दिँदै एमालेको अभियानमा आफू रहिरहने प्रतिक्रिया दिएका छन्।

महाधिवेशनको दौरान आफूहरूले उठाएका मुद्दाहरू बहस र छलफलले नयाँ स्तरमा निरन्तरता पाउने पोखरेलको अपेक्षा छ।

‘महाधिवेशनको दौरानमा उठाएका मुद्दाहरू– जनताको बहुदलीय जनवादको प्रकाशमा पार्टीमा सामूहिक नेतृत्व, विधि र पद्धतिअनुसार पार्टी सञ्चालन, पार्टीलाई सही र लोकतान्त्रिक तरिकाले सञ्चालन गर्न  ‘नियन्त्रण र सन्तुलन’को सिद्धान्तको पालन आदि महत्त्वपूर्ण विषयहरूमा बहस र छलफलले नयाँ स्तरमा निरन्तरता पाउने कुरामा विश्वास व्यक्त गर्दछु,’ उनले भनेका छन्।    

आफू पराजित भए पनि देशभक्तिपूर्ण आन्दोलन, लोकतान्त्रिक आन्दोलन र समाजवादको आधार निर्माण गर्ने एमालेको अभियानमा सहभागिता र संलग्नता अटुट रूपमा रहिरहने पोखरेलले बताएका छन्।

सुझावित समाचार