नेप्से सामान्य अंकले बढ्यो

सोमबार, २९ मंसिर, २०८२
डिजिटल संस्करण

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक ६.७४ अंकले बढेर दुई हजार ६०१.६१ को विन्दुमा कायम भएको हो ।

आज ३२९ कम्पनीको ७७ लाख ५७ हजार ६२५ कित्ता सेयर ५६ हजार १२२ पटक खरिद–बिक्री हुँदा रु. तीन अर्ब ४४ करोड १९ लाख तीन हजार ७७० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा बैंकिङ ०.७२, विकास बैंक ०.३३, वित्त ०.९०, जलविद्युत् ०.०६, जीवन बिमा ०.३०, उत्पादन तथा प्रशोधन ०.५७, निर्जीवन बिमा ०.०७ र व्यापार समूह ०.२७ प्रतिशतले बढेको छ । अरू सबै समूहको उपसूचक घटेको छ । होटेल तथा पर्यटन ०.११, लगानी ०.०८, म्युचुअल फन्ड ०.११ र अन्य समूह ०.१७ प्रतिशतले घटेको छ ।

सुझावित समाचार