भिजिट भिसा प्रकरणको मुद्दा दायर : ८० लाख बिगो, सहसचिव भट्टराईसहित सात प्रतिवादी

बिहिबार, २६ मंसिर, २०८२
डिजिटल संस्करण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणको भ्रष्टाचार मुद्दा दायर गरेको छ। त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईसहित सातजनालाई प्रतिवादी कायम गरेर बिहीवार विशेष अदालतमा मुद्दा दायर भएको हो।

रोजगारीका लागि भिजिट भिसामा युवाहरूलाई विदेश पठाएर सेटिङमा अध्यागमन कर्मचारीहरूले दैनिक लाखौं रकम असुल गरेको उजुरीउपर करिब सात महिना लामो छानविन गरेर मुद्दा दायर गरेको हो।

अख्तियारले भट्टराईलाई प्रमुख प्रतिवादी कायम गरेर शाखा अधिकृत यज्ञ अर्याल, ट्राभल एजेन्सीका बालकृष्ण खड्का, बिचौलिया खेम सुवेदी, कविता पौडेलसहित सातजनालाई प्रतिवादी कायम गरेको छ। करिब ८० लाख रुपैयाँ भ्रष्टाचार भएको दावी अख्तियारको छ। यसैलाई बिगो कायम गरिएको छ।

गत ७ जेठमा अख्तियारले विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा हानेर कार्यालय प्रमुख तीर्थराज भट्टराईसहित चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो। भिजिट भिसामा खाडी देश जानेसँग अध्यागमनमा ५० हजारसम्म र युरोपियन देश जानेसँग तीन लाख रुपैयाँसम्म असुली हुने गरेको थियो।

सुझावित समाचार