रिलायन्स फाइनान्स लिमिटेड स्थापनाको १६औँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बालाजु, काठमाडौंमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । त्यस्तै, काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका– ६, गोसाइँस्थानस्थित नैमिषारण्य संस्कृत गुरुकुलममा अध्ययनरत विद्यार्थीलाई स्टेसनरी तथा मसलन्द सामानसमेत वितरण गरेको फाइनान्सले जनाएको छ ।
संस्थाले कमलादीमा आफ्नै भवनमा केन्द्रीयसहित शाखा कार्यालय राखी कारोबार गर्दै आएको छ । संस्थाले केन्द्रीय कार्यालयसहित काठमाडौंको न्युरोड, सीतापाइला, ललितपुरको इमाडोल, चितवनको नारायणघाट र टाँडी, कास्कीको महेन्द्रपुल, लमजुङको बेँसीसहरबाट वित्तीय सेवा दिँदै आएको छ ।
साथै, काभ्रेपलाञ्चोकको बनेपा, धादिङको धादिङबेँसी, गोरखाको गोरखा बजार, रुपन्देहीको भैरहवा, मणिग्राम र बुटवल, कैलालीको धनगढी, कञ्चननपुरको महेन्द्रनगर, बाँकेको कोहलपुर, कैलालीको अत्तरिया, झापाको दमक, बिर्तामोड, चारआली र धुलाबारीमा पनि शाखा खोलेर ग्राहकलाई सेवा दिँदै आएको फाइनान्सले जनाएको छ ।