सन् २०२५ को नोभेम्बरमा एक लाख १६ हजार पाँच सय ५३ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार नोभेम्बरमा पर्यटक आगमन वृद्धि भएको हो । सो महिना सबैभन्दा बढी भारतबाट १८ हजार नौ सय ९५ पर्यटक भित्रिएका छन् ।
त्यसैगरी, संयुक्त राज्य अमेरिकाबाट ११ हजार दुई सय ५४, चीनबाट सात हजार आठ सय ७१, बेलायतबाट सात हजार एक सय ८९, बंगलादेशबाट पाँच हजार ६ सय ५३, अस्ट्रेलियाबाट पाँच हजार तीन सय ९३, श्रीलंकाबाट चार हजार आठ सय ३१, म्यानमारबाट चार हजार चार सय ८४, फ्रान्सबाट चार हजार दुई सय ११ र जर्मनीबाट चार हजार एक सय ३४ पर्यटक भित्रिएका हुन् ।
क्षेत्रगत रूपमा दक्षिण एसियाली मुलुकबाट ३० हजार आठ सय ७०, एसियाली अन्य मुलुकबाट २८ हजार ६ सय १३, युरोपबाट पाँच हजार आठ सय ९१, अमेरिकाबाट १३ हजार ६ सय ७८, मध्यपूर्वी मुलुकबाट एक हजार आठ सय दुई, अफ्रिकाबाट चार सय १२ र अन्य मुलुकबाट ६ हजार दुई सय ६९ पर्यटक भित्रिएको बोर्डले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । २०२५ को पछिल्लो ११ महिना जनवरीदेखि नोभेम्बरसम्म १० लाख ६० हजार दुई सय ६९ पर्यटक भित्रिएका छन् ।