महिला हिंसा अन्त्य गर्न सामूहिक पहल आवश्यक

विश्वभर लगभग तीनमध्ये एक महिलाले आफ्नो जीवनकालमा शारीरिक र यौन हिंसाको अनुभव गर्छन्

सोमबार, १५ मंसिर, २०८२
डिजिटल संस्करण

महिलाविरुद्धको हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस र लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान नोभेम्बर २५ देखि सुरु भएको छ । महिला र किशोरीलाई हिंसाबाट मुक्तको सुनिश्चित गर्नु स्वयं उनीहरूको भलाइका लागि आवश्यक छ र समाजमा प्रगतिका लागि महत्वपूर्ण छ । यद्यपि, विश्वव्यापी रूपमा धेरैले महत्वपूर्ण जोखिमको सामना गर्छन् : लगभग तीनमध्ये एक महिलाले आफ्नो जीवनकालमा शारीरिक वा यौनहिंसाको अनुभव गर्छन् । धेरैका लागि यो चाँडै सुरु हुन्छ : १५–१९ वर्ष उमेरका २३ प्रतिशतभन्दा बढी किशोरीले हिंसाको अनुभव गरेको रिपोर्ट गर्छन् । हिंसाबाट बाँचेकाहरूका लागि चोट गहिरो छ र यो परिवार, समुदाय र समाजमा प्रतिबिम्ब हुन्छ ।

महिला अधिकारका पक्षधरद्वारा तीन दशकभन्दा पहिले सुरु गरिएको १६ दिने अभियान एकता र कार्यका लागि विश्वव्यापी क्षण बनेको छ । यो अभियान सरकार, नागरिक समाज, समुदाय र संयुक्त राष्ट्रसंघलाई जागरुक बनाउन, बाँचेकाहरूलाई सहयोग गर्न र परिवर्तनलाई अगाडि बढाउन एउटा महत्वपूर्ण माध्यम साबित भएको छ । यस वर्षको नाराले डिजिटल ठाउँहरूमा बढ्दो हानिलाई सम्बोधन गर्नुपर्ने आवश्यकतालाई जोड दिन्छ ।आजका किशोर–किशोरीहरू यस्तो संसारमा हुर्किरहेका छन् जहाँ मित्रता, सिकाइ र आत्मअभिव्यक्ति अनलाइनमा बढ्दो रूपमा भइरहेको छ । तैपनि केटीहरू किशोरावस्थामा प्रवेश गर्दा सामाजिक दबाब र प्रतिबन्ध प्रायः तीव्र हुन्छन् । जब बढी स्वतन्त्रता खोज्छन् तिनीहरूले उत्पीडन, हिंसा र शोषणजस्ता बढ्दो जोखिमको पनि सामना गर्छन् ।

अनलाइनमा किशोरीहरूले सामना गर्ने धम्की व्यापक र चिन्ताजनक छन् । विश्वव्यापी रूपमा ५८ प्रतिशत किशोरी र युवतीहरूले सामाजिक प्लाटफर्ममा उत्पीडनको अनुभव गरेको रिपोर्ट गर्छन् र धेरैजसोले आफ्नो पहिलो अनुभव १४ र १६ वर्षको उमेरमा भएको बताउँछन् । यो उत्पीडनमा प्रायः यौन सामग्री र धम्की समावेश हुन्छन् ।

अनलाइनमा किशोरीले सामना गर्ने हिंसा र धम्कीका घटना चिन्ताजनक छ । विश्वव्यापी रूपमा ५८ प्रतिशत किशोरी र युवतीले सामाजिक प्लाटफर्ममा उत्पीडनको अनुभव गरेको रिपोर्ट गर्छन् र धेरैजसोले आफ्नो पहिलो अनुभव १४ र १६ वर्षको उमेरमा भएको बताउँछन् ।

नयाँ प्रविधिहरूले यी जोखिमहरूलाई गहिरो बनाइरहेका छन्  । डिपफेक र हेरफेर गरिएका तस्बिरहरूले किशोरीहरूको गोपनीयता र सुरक्षाको भावनालाई चकनाचुर पार्न सक्छन् र ती तस्बिरलाई यौन दुव्र्यवहारका लागि बढ्दो रूपमा प्रयोग गरिन्छ । मित्रताको नक्कल गर्ने एआईमा आधारित च्याट एपहरूले किशोर–किशोरीहरूलाई वास्तविक सम्बन्धबाट टाढा लैजान सक्छन् र उनीहरूलाई हेरफेर र हेरचाहका लागि बढी जोखिममा पार्न सक्छन् । साथै, प्रयोगकर्ताहरूले अनलाइन देखेका कुराहरूलाई आकार दिने एल्गोरिदमले हानिकारक ‘स्टिरियोटाइप’लाई बढावा दिन सक्छन्, लिंग–पक्षपाती सामग्रीलाई बढावा दिन सक्छन् वा महिला स्वास्थ्यका बारेमा सही जानकारीलाई दबाउन सक्छन् । अपांगता, जातीयता, गरिबी, वा अन्य कारकका कारण पहिले नै भेदभाव अनुभव गर्ने किशोरीलाई प्रायः बारम्बार र बढी आक्रामक रूपमा लक्षित गरिन्छ ।

राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए), युनिसेफ र सेभ द चिल्ड्रेनले हाम्रो हालैको विश्वव्यापी प्रतिवेदन ‘प्रविधि–सुविधायुक्त लिंगमा आधारित हिंसा : जीवनभर विचार’ मा जाँच गरेका छन् । प्रतिवेदनले एउटा बुँदा स्पष्ट पार्छ :  डिजिटल हिंसा लैंगिक हिंसाको व्यापक ढाँचाको एक अंश हो जसले महिला र किशोरीहरूलाई उनीहरूको जीवनभर असर गर्छ ।

लैंगिक हिंसाको प्रतिक्रिया दिन युवाहरूको जीवन अनुभवमा आधारित धेरै क्षेत्रहरूमा कार्य आवश्यक पर्दछ । जसअन्तर्गत किशोर–किशोरीलाई सुरक्षा, सम्मानजनक सम्बन्ध र आलोचनात्मक सोचसहित डिजिटल साक्षरता विकासका लागि परिवार र विद्यालयलाई सहयोग गर्ने, प्रविधि कम्पनीहरूलाई महिला द्वेष वा हानिकारक सामग्रीको फैलावटलाई सक्षम नबनाउने, सुरक्षित डिजाइन सिद्धान्त समावेश गर्ने र गोप्यता कायम राख्नेछन् ।

त्यस्तै, किशोर–किशोरीको आवश्यकताअनुरूप सेवालाई सुदृढ पार्ने, कानुन र नीतिले सबै जोखिम सम्बोधन गर्ने, प्राविधिक परिवर्तनसँग तालमेल मिलाउने र बाँचेकाहरूको अधिकारलाई समर्थनको सुनिश्चित गर्नेजस्ता कार्य गर्नुपर्छ । त्यसैगरी, किशोरीमा जोखिम कसरी विकसित हुन्छ र उमेर, लिंग र अन्य कारकसँग कसरी अन्तरसम्बन्धित हुन्छन् भनेर बुझ्न अनुसन्धानमा सुधार गर्नेजस्ता कदम चाल्नुपर्छ ।

धेरै देशमा डिजिटल हिंसालाई सम्बोधन गर्ने प्रयास अगाडि बढिरहेका छन् । चीनमा राष्ट्रिय संस्थाले अनलाइनसहित महिला र केटीको सुरक्षालाई प्राथमिकता दिइरहेका छन् । अक्टोबर २०२५ मा चीन र संयुक्त राष्ट्रसंघीय महिलाको नेतृत्वमा भएको महिलासम्बन्धी विश्वव्यापी नेताहरूको बैठकमा राष्ट्रपति सी जिनपिङले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसालाई दृढतापूर्वक नियन्त्रण गर्न आह्वान गरेका थिए । युएनएफपिए, युनिसेफ र अन्य संयुक्त राष्ट्र एजेन्सीहरूले कानुनी ढाँचालाई बलियो बनाउन, सेवामा सुधार गर्न, बालबालिकामा डिजिटल साक्षरता प्रवद्र्धन गर्न र अनलाइन सुरक्षालाई बाल संरक्षण र लिंगमा आधारित हिंसा प्रणालीमा एकीकृत गर्न सरकारी प्रयासलाई समर्थन गरिरहेका छन् । सुरक्षित उत्पादन विकास गर्न, जिम्मेवार अभ्यास अपनाउन र उदीयमान जोखिमलाई राम्रोसँग बुझ्नका लागि अनुसन्धान गर्न प्रविधि कम्पनीलाई पनि हामीले संलग्न गरिरहेका छौँ ।

यी प्रयास महत्वपूर्ण छन् किनभने लक्ष्य केवल हानि रोक्नु मात्र होइन, बरु सबै बालबालिका र युवाहरूले डिजिटल जीवनमा पूर्ण रूपमा भाग लिन सकून् भन्ने कुरा सुनिश्चित गर्नु पनि हो । किशोरीहरू अनलाइन सुरक्षित हुन योग्य छन् । उनीहरूको विचार, रचनात्मकता र नेतृत्वले डिजिटल संसारलाई समृद्ध बनाउँछ र थप समावेशी र नवीन समाजमा योगदान दिन्छ । उनीहरूको अवसर फराकिलो बनाउने डिजिटल ठाउँहरू सिर्जना गर्नु परिवार, विद्यालय, समुदाय, नीति–निर्माता र प्रविधि कम्पनीमा साझा जिम्मेवारी हो । यदि हामी सबै मिलेर काम गर्यौँ भने डिजिटल प्लाटफर्म किशोरीहरूका लागि बढ्न, नेतृत्व गर्न र फस्टाउन सुरक्षित ठाउँ बन्न सक्छन् ।

१६ दिने अभियान मनाउँदै गर्दा एउटा सत्य बाहिर आउँछ : यदि डिजिटल ठाउँले किशोरीहरूलाई सुरक्षा दिन असफल भए भने तिनीहरूले हामी सबैलाई असफल पार्छन् । हामीले एउटा भविष्य निर्माण गर्न एकजुट हुनुपर्छ जहाँ प्रत्येक युवती अनलाइन र अफलाइन दुवै हिसाबले सुरक्षित रूपमा फस्टाउन सकून् ।

चाइना डेलीबाट रसिद चीनका लागि राष्ट्र संघीय जनसंख्या कोष (युएनएफपिए) प्रतिनिधि हुन् भने सान्डे चीनका लागि युनिसेफ प्रतिनिधि हुन् ।
 

सुझावित समाचार