सर्वोच्च अदालतले व्यवसायी दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ। न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले बिहीबार यस्तो आदेश गरेको हो।
‘आदेश प्राप्त भएको मितिले बाटाको म्यादबाहेक २४ घण्टाभित्र बन्दीसहित उपस्थित गराई महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नू’ आदेशमा भनिएको छ।
प्रहरीले प्रसाईंलाई सोमबार मध्यराति भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो।
