राष्ट्रिय स्वतन्त्र पार्टीले मतदाता नामावलीमा नाम दर्ता गराउने समयावधि थप गर्न सरकारलाई अनुरोध गरेको छ।
मंगलबार महामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्यहरु गणेश पराजुली, अशोक चौधरी र शिव नेपालीले निर्वाचन आयोग गई सो व्यहोराको अनुरोध पत्र दर्ता गराएका हुन्।
उक्त पत्रमा विदेशमा रहेका योग्यता पुगेका नेपाली नवयुवाहरुका लागि राष्ट्रिय परिचयपत्रका आधारमा वा सम्बन्धित राजदूतावासबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सहजीकरण गर्न तत्काल व्यवस्था मिलाउन समेत अनुरोध गरिएको छ।
आजै पार्टी केन्द्रीय सदस्य एवं निवर्तमान सांसदहरु गणेश पराजुली, अशोक चौधरी र शिव नेपालीले गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटी उक्त अनुरोधसहितको पत्र बुझाएका छन्।