लुम्बिनी विकास बैंकले कीर्तिमानी पर्वतारोही कामिरिता शेर्पालाई सम्मान गरेको छ । शेर्पाले ३१औँपटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण क्रममा यस बैंकको लोगोअंकित ब्यानर सगरमाथामा फहराएका थिए । एक कार्यक्रमबिच शेर्पालाई बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराले सम्मान गरेका हुन् ।
शेर्पा दुई दशकदेखि लुम्बिनी विकास बैंकमा ‘निरन्तर सहयात्री’ बनी आबद्घ छन् । उनको यस साहसिक कार्यले बैंकसहित सम्पूर्ण देशलाई गौरवान्वित बनाएको सिइओ बोहराले बताए ।