राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा सुरु भएको छ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा पनि उपस्थित छन् ।
बैठकमा राष्ट्रिय सभाले गर्नुपर्ने दुई प्रमुख कार्य अधिवेशनगत समीक्षा र राष्ट्रिय सभाको दुईवर्षे प्रकाशनको विषयमा छलफल केन्द्रित हुनेछ । त्यस्तै, समितिको कामकारबाही, विधेयकको वर्तमान अवस्थाको बारेमा र अन्य विविध विषयमा छलफल हुने समितिले जनाएको छ ।