किसानले सस्तोमा धान बेचेपछि बल्ल धान खरिद गर्दै खाद्य व्यापार कम्पनी

आइतबार, १७ कार्तिक, २०८२
डिजिटल संस्करण

यस बर्ष ०८२ मा किसानले सस्तोमा धान बेचेपछि बल्ल कञ्चनपुरमा सरकारी कम्पनीले धान खरिद शुरु गरेको छ । १६ कार्तिक (आइतबार) देखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मोटो प्रजातिको धान शुरु गरेको हो । 

यस विचमा  तीन ठुला  तिहार दशैँ, दिपावली एव छठ परेसंगै साना एव सझौता प्रकृतिका किसानले चाडवार्ड खर्चका लागि पहिल्यै धान बेचिसकेका थिए । सरकारले तोके भन्दा कम त्यो पनि सस्तो मुल्यमा बेचेका थिए । 

सरकारले चालु आर्थिक बर्ष ०८२/०८२ को साउनमैै धानको सर्मथन मुल्य तोकेपनि खाद्यले ढिलोगरी धान खरिद गर्न थालेपछि अब वास्तविक किसान भन्दा बढी गल्ला व्यवसायीले बिक्रिका लागि आउने किसानकै चिन्ता छ । 

सरकारले धानको सर्मथन मुल्य तोकेको साढे चार महिना र किसानले धान भित्र्राएको डेढ महिनापछि खाद्यले बिक्रि वितरण शुरु गरेपछि किसान वास्तविक मुल्य पाउनबाट बञ्चित भएका छन । यस बर्ष गत बर्ष भन्दा १० हजार क्विन्टल कम धान खरिद गर्ने कोटा निर्धारण गरिएको छ । केन्द्रले धान खरिद गर्ने कोटा समेत कटौती गरेपछि सबै किसानले धान बिक्रि गर्न नपाउने चिन्ता व्यक्त गरेका छन । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सुचना अधिकारी मनोज चन्दले केन्द्रीय कार्यालयबाट धान खरिदका लागि ११ कार्तिक ०८२ मा पत्र आएको बताए । उनले गत बर्ष १३ कार्तिक र यस बर्ष दुई ढिला मात्रै भएकाले बताए । माथिबाटै खरिदका लागि ढिलो पत्र आएकाले खरिद कार्य पनि ढिलाई भएको बताए । ०७९मा मसिर २९, ०८०मा कार्तिक १५, ०८१मा कार्तिक १३ र ०८२मा कार्तिक १६देखि धान खरिद शुरु गरेकोे थियो । सरकारले यस बर्ष मोटा ३ हजार ४६३ र मध्यमको ३ हजार ६२८रुपैया निर्धारण गरेको थियो । 
 

सुझावित समाचार