वेस्ट इन्डिजविरुद्ध भारतलाई टेस्ट सिरिज

बुधबार, २९ असोज, २०८२
डिजिटल संस्करण

भारतले वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टमा सात विकेटको जित निकालेको छ । वेस्ट इन्डिजले दोस्रो इनिङ्समा भारतलाई जितका लागि एक सय २१ रनको मध्य योगफल दिएको थियो ।

भारतले दोस्रो इनिङ्समा तीन विकेट गुमाएर एक सय २४ रन बनाएको थियो । जितसँगै भारतले वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिज २–० ले जित्यो । नयाँदिल्ली मैदानमा भारतले पहिलो इनिङ्समा ५१८–५ को स्थितिमा खेल समाप्ति गरेको थियो ।

वेस्ट इन्डिजले पहिलोमा दुई सय ४८ तथा दोस्रो इनिङ्समा तीन सय ९० रन मात्र जोडेको थियो । भारतका लागि पहिलो इनिङ्समा यशस्वी जैसवालले एक सय ७५ रन तथा कप्तान शुभमन गिलले एक सय २९ रनको योगदान दिएका थिए । 

See More On

सुझावित समाचार