मधेश सरकारबाट एमालेको समर्थन फिर्ता

बुधबार, २२ असोज, २०८२
डिजिटल संस्करण

नेकपा (एमाले)ले मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहको नेतृत्वमा रहेको सरकारबाट समर्थन फिर्ता लिएको छ। प्रदेश सभामुख रामचन्द्र मण्डलका प्रेस सल्लाहकार अवधेश कामतका अनुसार आज बसेको नेकपा (एमाले) संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

यसअघि असोज ८ गते नेपाली कांग्रेसले पनि सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो, जसपछि सरकार अल्पमतमा परेको थियो। यद्यपि, मुख्यमन्त्री सिंह राजीनामा दिन तयार देखिएका थिएनन्। स्राेतका अनुसार मुख्यमन्त्रीले आजै राजीनामा दिने आश्वासन एमालेलाई दिएका थिए। तर, उनले राजीनामा नदिई आगामी असोज २८ गते प्रदेश सभामा विश्वासको मत लिने तयारी गरेका कारण एमालेले समर्थन फिर्ता लिएको हो।

यसअघि भदौ २८ गते मुख्यमन्त्री सिंहकै पार्टी जनमत पार्टीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। यस विषयमा सभामुख मण्डलले भने अहिलेसम्म प्रदेश सभा सचिवालयमा एमालेको समर्थन फिर्ताको आधिकारिक पत्र नआएको बताए ।
 

सुझावित समाचार