दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख भट्टराईले माइतीघरमा सुरु गरे सत्याग्रह

आइतबार, १२ साउन, २०८२
डिजिटल संस्करण

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका खोटाङका नगर प्रमुख तीर्थराज भट्टराईले सातबुँदे मागसहित सत्याग्रह सुरु गरेका छन् ।

स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन बाधक भएकाले पटक/पटक लिखित तथा मौखिक अनुरोधलाई संघीय सरकारले बेवास्ता गरेको भन्दै उनले  सत्याग्रह सुरु गरेका हुन् । उनले माइतीघर मण्डलामा सत्याग्रह सुरु गरेका छन्। केश मुन्डन गरी सेतो वस्त्र धारण गरी उनी आजबाट सत्याग्रहमा बसेका छन् ।

उनले सत्याग्रह स्थलमा ‘आफ्नो होइन प्राणी जगतको चिन्ता गरौँ’, ‘पैसा छैन नीति देऊ, आत्मनिर्भर समाज बनाऔँ’, ‘प्रकृतिको पूजा गरौँ, प्राणीको अस्तित्व जोगाऔँ’, ‘प्रकृतिको विनाश होइन संरक्षण गरौँ’ भन्ने प्लेकार्डको प्रदर्शन गरेका छन् । गुन्द्रीमाथि कम्मलमा बसेर उनले सत्याग्रह सुरु गरेका छन् । उनले आफ्नोनजिकै बाँस र बाँसबाट बनेका सामग्री पनि राखेका छन् ।

सुझावित समाचार