नागरिक उड्डयन प्राधिकरणले ल्यायो ३१ अर्ब ४० करोड रुपैयाँको बजेट

बुधबार, ८ साउन, २०८२
डिजिटल संस्करण

नेपाल नागरिक उड्डयन प्राधिकरणले चालू आर्थिक वर्ष ०८२/८३ का लागि कुल ३१ अर्ब ४० करोड ७६ लाखबराबरको बजेट सार्वजनिक गरेको छ। 

कुल बजेटको ३९ प्रतिशत हिस्सा रहेको पुँजीगत खर्चतर्फ १२ अर्ब ३९ करोड ७० लाख विनियोजन गरिएको छ। कार्य सञ्चालन खर्चतर्फ ६ अर्ब १५ करोड ६७ लाख (२० प्रतिशत) र वित्तीय व्यवस्थातर्फ सबैभन्दा धेरै ४१ प्रतिशत बजेट अर्थात् १२ अर्ब ८५ करोड ११ लाख छुट्याइएको छ।

यस्ता छन् बजेटका स्रोतहरू :
प्राधिकरणको आफ्नै प्रक्षेपित आय : १६ अर्ब ९८ लाख
सेयर, ऋण तथा अनुदान : पाँच अर्ब ६० करोड १२ लाख
नेपाल सरकारबाट प्राप्त हुनुपर्ने : ८६ करोड ९० लाख
मूल्य अभिवृद्धि कर (भ्याट) प्राप्ति  : एक अर्ब ९५ करोड ६४ लाख
पेस्की मौज्दात : दुई अर्ब ५ करोड ७१ लाख
बैंक मौज्दात : चार अर्ब ९१ करोड ४० लाख

प्राधिकरणले यो बजेटलाई देशभरका विमानस्थलहरूमा पूर्वाधार सुधार, आधुनिक सेवा प्रवाह र अन्तर्राष्ट्रिय उड्डयन मापदण्डअनुसारको स्तरोन्नतिमा लगानी गर्ने जनाएको छ।

सुझावित समाचार