रविका लागि लेखक ब्रजेश खनालले लेखे कविता

शुक्रबार, ३ साउन, २०८२
डिजिटल संस्करण

म परिवर्तनको बीज हूँ

तिमीहरूले
खर्च गरीगरी 
आफ्नो श्रम र समय
मलाई पुर्न खाल्डो खन्यौ

तर, 
तिमीहरूले पुरेको माटोमुनि
म त बलिया जरा पो हाल्दैछु
मौलाउँदैछु, फैलँदैछु, टुसाउँदैछु
अंकुरित हुँदैछु म

हेरिराख न, तिमीहरूले हेर्दाहेर्दै
म तिमीहरूको कैदको सतह उधिनेर
उम्रिनेछु, अल्गिनेछु भोलि
अडिनेछु दह्रो, 
बलियो र विशाल बनेर
जसलाई हल्लाउन सक्दैनन्
तिमीले चलाएका हल्लाहरूले
जसलाई निहुराउन सक्दैनन्
तिमीले उत्पन्न गरेका
कृत्रिम आँधीबेहरीले

किनकि
तिमीहरूलाई थाहा छैन
तिमीहरूले खाल्डोमा हालेर
पुर्न खोजेको
म त एउटा
परिवर्तनको बीज हूँ ।

See More On

सुझावित समाचार