मध्यरातमा बैतडीको खलंगा केन्द्रविन्दु भएर ५.१ को भूकम्प

शुक्रबार, १० जेठ, २०८२
डिजिटल संस्करण

बैतडी सदरमुकाम केन्द्रविन्दु भएर भूकम्प गएको छ । सुर्खेतिस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार सदरमुकाम खलंगा केन्द्रविन्दु भएर मध्यराति १:४८ बजे ५.१ र बिहान २ बजे ३.७ रेक्टर स्केलको भूकम्प गएको हो ।

लगातार दुईपटक कम्पन भएपछि यहाँका स्थानीय घरबाहिर निस्केका थिए । भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरासम्म महसुस गरिएको केन्द्रका प्रमुख तिमल्सिनाले बताए । भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन।     

See More On

सुझावित समाचार