आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार आयोजक पाकिस्तान र बंगलादेशबिचको खेल भारी वर्षाका कारण हुन सकेन ।
दुवै टोलीले समान १ अंक पाएका छन् । समूह ‘ए’मा यी दुवै टोलीले अघिल्ला दुई खेल गुमाएका थिए । न्युजिल्यान्ड र भारतले समान ४ अंक जोडेका छन् । रनरेटमा न्युजिल्यान्ड शीर्ष स्थानमा छ ।