अस्कलका विद्यार्थी नेताद्वारा ड्युटीका प्रहरीमाथि कुटपिट

शुक्रबार, २५ माघ, २०८१
डिजिटल संस्करण

ठमेलस्थित अमृतमार्गमा ड्युटीमा रहेका प्रहरीमाथि अमृत साइन्स क्याम्पस (अस्कल) मा विद्यार्थी नेताहरूले कुटपिट गरेका छन्। बिहीबार मध्यराति ठमेलको अमृतमार्गमा मोटरसाइकलमा क्युआरटी (क्विक रेस्पन्स टिम) अन्तर्गत ड्युटीमा रहेका दुई प्रहरीमाथि उनीहरूले कुटपिट गरेका हुन्। 

मदिरा पिएर होहल्ला गर्दै हिँडेका उनीहरूलाई प्रहरीले सम्झाउने क्रममा प्रहरीमाथि नै जाइलागेका थिए । प्रहरीलाई कुटपिट गरी मोटरसाइकलसमेत तोडफोड गरेर उनीहरू भागेको प्रहरी स्रोत बताउँछ । दरबारमार्ग वृत्तबाट खटिएका हवल्दार रघु घर्ती र नगेन्द्र विष्ट  कुटपिटबाट घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो ।

‘ड्युटीमा रहेका रहेका प्रहरीमाथि हातपात भएको हो,’ जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराले भने, ‘सिसिक्यामेराका आधारमा उनीहरूको खोजी भइरहेको छ ।’ कुटपिटपछि ५–६ जनाको समूह अस्कल क्याम्पसको होस्टेलमा छिरेको देखिएको छ । स्रोतका अनुसार उनीहरू सत्तारूढ दलका विद्यार्थी संगठनका नेताहरू हुन् । 

See More On

सुझावित समाचार