नेकपा (माओवादी केन्द्र)का सांसदहरूको अवरोधका कारण कर्णाली प्रदेश सभा बैठक स्थगित भएको छ।
आइतबार बसेको प्रदेश सभाको दोस्रो कार्यकालको पाँचौँ अधिवेशनको पाँचौँ बैठकमा माओवादी केन्द्रले अवरोध गरेको हो। वार्षिक १० हजारलाई रोजगारी दिने कार्यक्रम सरकारले अलपत्र पारेको भन्दै माओवादीले संसद् अवरुद्ध गरेको छ।
बैठक कार्यसूचीमा प्रवेश नगर्दै माओवादी केन्द्र संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका जनतालाई रोजगारी दिने गरी अघि सारिएको कार्यक्रम कार्यान्वयनमा सरकार जिम्मेवार नभएको भन्दै विरोध जनाएपछि आधा घण्टाका लागि बैठक स्थगित भएको छ।
प्रदेश सभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलका अनुसार माओवादीको अवरोधपछि सर्वदलीय बैठक बसिरहेको छ।