बाल यौन दुर्व्यवहारको आरोपमा एक व्यक्ति पक्राउ

बुधबार, ९ माघ, २०८१
डिजिटल संस्करण

नवलपुरको कावासोतीमा बालकमाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती नगरपालिका– ८ स्याउली बस्ने २८ वर्षका वीरबहादुर केसीले ट्युसन पढाउने क्रममा बालकलाई दुर्व्यवहार गरेको आरोप छ। केसीविरुद्ध किटानी जाहेरी परेको र आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए।

पक्राउ परेका केसीलाई नवलपुर जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार