नुवाकोटमा दुई छोरासहित आमा मृत अवस्थामा भेटिएका छन्। किस्पाङ गाउँपालिका–१, नुचेतमा झुन्डिएको अवस्थामा तीनजनाको शव भेटिएको प्रहरीले जनाएको छ।
नुवाकोटका एसपी शान्तिराज कोइरालाका अनुसार २३ वर्षीया चन्दीमाया तामाङ, उनका पाँच वर्षीय छोरा रोशन र तीन वर्षीय छोरा रोमनको शव झुन्डिएको अवस्थामा भेटिएको हो। घरको भुइँतलामा उनीहरूको शव भेटिएको एसपी कोइरालाले बताए।
चन्दीमायाका श्रीमान् रेसबहादुर बारीमा काम गर्न गएको वेला सो घटना भएको हो। बन्दघरभित्र शव भेटिएको प्रहरीले जनाएको छ। जिल्लाबाट समेत प्रहरी खटाएर घटनाको विस्तृत अनुसन्धान अघि बढाइएको एसपी कोइरालाले बताए।