लक्ष्मी सनराइजको डिजिटल डिसेम्बर अभियान

बुधबार, १९ मंसिर, २०८१
डिजिटल संस्करण

लक्ष्मी सन्राइज बैंकले डिजिटल बैंकिङ प्रवद्र्धन गर्न वार्षिक अभियानको छैटौँ संस्करण डिजिटल डिसेम्बर अभियान सुरु गरेको छ । 

यो अभियानले बैंकका ग्राहक तथा उपभोक्तालाई डिसेम्बर महिनाभरि डिजिटल बैंकिङ अपनाउन प्रोत्साहन गर्ने र वित्तीय साक्षरता बढाउने बताइएको छ । 

अभियानअन्तर्गत ग्राहकले मोबाइल मनीमार्फत प्यान वा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गरी १०० रुपैयाँभन्दा बढीको मोबाइल रिचार्ज गर्दा बैंकबाट थप १०० रुपैयाँ रिचार्ज प्राप्त गर्नेछन् । त्यसैगरी, प्रयोगकर्ताले मिसकलमार्फत बिजुली बिल तिर्न सक्नेछन् । यसमा पनि १०० रुपैयाँ रिचार्ज प्राप्त गर्ने बैंकले जनाएको छ ।

डिजिटल डिसेम्बरको क्रेडिट कार्डमा विशेष अफर रहेको छ । योग्य ग्राहकले क्रेडिट कार्ड लिँदा जारी शुल्कका साथै पाँच वर्षको वार्षिक शुल्कमा पनि छुट पाउनेछन् । 

साथै, डिसेम्बरभरि ३० हजार रुपैयाँभन्दा बढीको खरिदमा विनाकुनै शुल्क र ब्याज उक्त भुक्तानी सरल किस्ताबन्दीमा विभाजनसमेत गर्न पाउनेछन् । साथै, बैंकका क्युआर सेवाग्राहीले भारतीय मोबाइल वालेटमार्फत भुक्तानी लिँदा लक्की ड्रमार्फत विभिन्न पुरस्कार पनि जित्न सक्ने बैंकले जनाएको छ ।

See More On

सुझावित समाचार