सानिमा बैंकको ५.२६ प्रतिशत नगद लाभांश पारित

बुधबार, ५ मंसिर, २०८१
डिजिटल संस्करण

सानिमा बैंकले नगद लाभांश पारित गरेको छ । बैंकको मंगलबार बसेको २०औँ वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसारको लाभांश पारित गरेको हो । सभामा समितिले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई करसहित ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्र्ने प्रस्ताव पेस गरेको थियो । 

साथै, सभाले गत आवको वित्तीय विवरण छलफल गरी पारित गरेको छ भने चालू आवका लागि लेखा परीक्षक नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गरेको छ । 

आर्थिक वर्ष ०८०/८१ मा २.४० अर्ब रुपैयाँ खुद मुनाफा गरेको बैंकको कुल सम्पत्ति २३३.८६ अर्ब, कुल निक्षेप १९९.३८ अर्ब तथा खुद कर्जा सापटी १६४.९४ अर्ब रुपैयाँ रहेको छ । बैंकले अघिल्लो आवको तुलनामा गत आवमा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः ११.४८, १०.०६ र ८.४५ प्रतिशतले वृद्धि गरेको जनाएको छ ।

सुझावित समाचार