ब्रिक्सले गर्छ विश्वव्यापी खाद्य सुरक्षाको प्रवर्द्धन

सोमबार, ३ मंसिर, २०८१
डिजिटल संस्करण

आफ्नो सदस्यता विस्तार गर्दै ब्रिक्सले विश्वव्यापी विकास परिदृश्यलाई पुनः आकार दिन र अन्तर्राष्ट्रिय मामिलामा ग्लोबल साउथको आवाजलाई विस्तार गर्न ठूलो भूमिका खेल्ने सम्भावना छ । ब्रिक्स पाँच प्रमुख उदीयमान अर्थ–व्यवस्थाहरूः ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकालाई जोड्ने गरी तयार पारिएको संक्षिप्त रूप हो । ऐतिहासिक विस्तारपछि ब्रिक्स सदस्य राष्ट्रहरूले विश्वको जनसंख्याको ४६ प्रतिशतभन्दा बढी र विश्वव्यापी आर्थिक उत्पादनको ३५ प्रतिशत योगदान गर्दछ, जुन जी–७ देशहरू (संयुक्तराज्य अमेरिका, जर्मनी, जापान, फ्रान्स, बेलायत, इटाली र क्यानडा)को भन्दा धेरै हो । यी देशको संयुक्त जनसंख्या विश्वको कुल जनसंख्याको जम्मा १० प्रतिशत र जिडिपी केवल ३० प्रतिशत छ ।

विचारधारा र पश्चिमाकेन्द्रित मूल्यमान्यतामा आधारित केही पश्चिमा गठबन्धनविपरीत ब्रिक्सले अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा ग्लोबल साउथको प्रतिनिधित्व बढाउन र समावेशी बहुपक्षीयतालाई बढावा दिने लक्ष्य राख्दै जनताको विकास र सुरक्षालाई प्राथमिकता दिन्छ । ब्रिक्स ग्लोबल साउथका देशहरूका लागि अझ आकर्षक बनेको छ, र यसको क्रमिक विस्तारले निश्चित रूपमा विश्वव्यापी मामिलामा यस एजेन्डाको क्षमतामा वृद्धि गर्नेछ ।

कोभिड– १९ महामारी, युद्ध र द्वन्द्वका साथै जलवायु परिवर्तनलगायतका बहुसंकटका कारण विगत केही वर्षदेखि विश्वव्यापी खाद्य असुरक्षा झन् बढ्दै गएको छ । व्यापार संरक्षणवादको उदय, राजनीतिकरण र खाद्य मुद्दाको हतियारीकरणले अन्तर्राष्ट्रिय खाद्य बजारका प्रमुख खेलाडीबिचको भूराजनीतिक तनावका कारण अवस्थालाई झन् खराब बनाएको छ ।

विगत एक दशकमा जी–७ र युरोपेली संघबाट खाद्यान्न निर्यातको विश्वव्यापी हिस्सा सन् २०११ मा ३० प्रतिशतबाट घटेर अहिले २८ प्रतिशतमा झरेको छ

२०२३ को ग्लोबल ट्रेड अलर्टका अनुसार हालका वर्षहरूमा व्यापार गतिविधिहरूमा राज्यको हस्तक्षेप नाटकीय रूपमा बढेको छ । संरक्षणवादी उपाय व्यापक हुँदै गएको छ । विकसित देशहरूले व्यापारलाई हतियारको रूपमा प्रयोग गर्न द्रुतगतिमा प्रतिबन्ध लगाएका छन् जुन ग्लोबल प्रतिबन्ध डाटाबेसबाट स्पष्ट रूपमा ८० प्रतिशत विश्वव्यापी उद्योगहरूलाई असर गरेको छ । कृषि सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक हो ।

साझा सरोकार र संस्थाहरू सेयर गर्दै ब्रिक्स सदस्यहरूले खाद्य व्यापारमा भूराजनीतिक बाधा तोडेर विश्वव्यापी खाद्य व्यापार परिदृश्यलाई पुनः आकार दिँदै र विश्वव्यापी कृषि संयन्त्रहरू सुधार गरेर विश्वव्यापी खाद्य संकटलाई कम गर्न र विश्वव्यापी ग्लोबल साउदमा खाद्य र पोषण सुरक्षा सुनिश्चित गर्न प्रमुख भूमिका खेल्न सक्छन् । राम्रो संयन्त्रको साथ ब्रिक्सले विश्वव्यापी खाद्य शासन सुधार गर्न, विश्वव्यापी खाद्य उत्पादन बढाउन, आपूर्ति शृंखला र खाद्य मूल्य स्थिर गर्न र विश्वव्यापी खाद्य सुरक्षाको रक्षा गर्न नेतृत्व गर्न सक्छ ।

पहिलो त ब्रिक्सले कृषि उत्पादन र उपभोग दुवैमा सदस्य राष्ट्रहरूको खाद्य सुरक्षामा सदस्य राष्ट्रहरूबिच सहज कृषि व्यापारमार्फत योगदान सुनिश्चित गर्छ । हालका ब्रिक्स सदस्यहरूले विश्वव्यापी खाद्य उत्पादनको ४२ प्रतिशत र खपतको ४२ प्रतिशत हिस्सा ओगटेका छन्, जसले आफ्नो स्तरमा खाद्य सुरक्षा सुनिश्चित गर्नका लागि ठोस आधार प्रदान गर्दछ ।

ब्रिक्स देशहरूले कृषि पूर्वाधारमा लगानी गर्न, विकास अनुभव आदानप्रदान गर्न, प्राविधिक आदानप्रदानलाई अगाडि बढाउन र खुला कृषि व्यापार कायम गर्न, साझा प्रयासले खाद्य निर्यातको एकाधिकारलाई हटाउन र ब्रिक्सको सामूहिक खाद्य सुरक्षाको संरक्षण गर्न सक्छन् । उनीहरूले कृषि क्षेत्रको दीर्घकालीन विकासलाई प्रवद्र्धन गर्न सक्छन् ।

उदाहरणका लागि अमेरिकाले सुरु गरेको व्यापार युद्धको प्रारम्भिक चरणमा चीनमा ब्राजिलको भटमास निर्यात आठ गुणाले बढ्यो, जब कि अमेरिकाको बाली ६० लाख हेक्टरले घट्यो । चीन र ब्राजिलबिचको यो सहयोगले विश्वव्यापी भटमास बजारमा अमेरिकाको प्रभुत्वलाई प्रभावकारी रूपमा समाप्त ग¥यो ।

दोस्रो, ब्रिक्स सदस्यहरूको बढ्दो कृषि निर्यात क्षमताले समूहलाई विश्वव्यापी खाद्य सुरक्षामा अझ ठुलो रचनात्मक भूमिका खेल्न सक्षम बनाउँछ । संयुक्तराष्ट्र संघको कमट्रेड डाटाबेसका अनुसार जी–७ र ब्रिक्सले सँगसँगै विश्वव्यापी कृषि निर्यातको आधा हिस्सा ओगटेका छन् । सन् २०२१ मा जी–७ ले विश्वव्यापी कृषि निर्यातमा २८ प्रतिशत योगदान ग¥यो, जब कि ब्रिक्स (यस वर्ष जनवरीमा भर्ना भएका सदस्यसहित)ले लगभग २० प्रतिशत योगदान दियो ।

कोभिड– १९ महामारी, युद्ध र जलवायु परिवर्तनलगायतका बहुसंकटका कारण विगत केही वर्षदेखि विश्वव्यापी खाद्य असुरक्षा झन् बढ्दै गएको छ । व्यापार संरक्षणवादको उदय, राजनीतीकरण र अन्तर्राष्ट्रिय खाद्य बजारका प्रमुख खेलाडीबिचको भूराजनीतिक तनावले अवस्थालाई झन् खराब बनाएको छ ।

अझ महŒवपूर्ण कुरा विगत एक दशकमा जी–७ र युरोपेली संघबाट खाद्यान्न निर्यातको विश्वव्यापी हिस्सा सन् २०११ मा ३० प्रतिशतबाट घटेर अहिले २८ प्रतिशतमा झरेको छ भने विश्वव्यापी कृषि निर्यातमा ब्रिक्स राष्ट्रहरूको अंश १ प्रतिशतले बढेको छ ।

ब्रिक्स सदस्यहरूले मुख्य बाली निर्यात गर्ने सन्दर्भमा फाइदा लिन्छन् । जसअनुसार उनीहरूले विश्वव्यापी चामल निर्यातको ३९ प्रतिशत, गहुँ निर्यातको ३३ प्रतिशत र मकैको निर्यातमा २३ प्रतिशत योगदान गर्दछन् । यी आवश्यक बालीहरूको निर्बाध व्यापारले ग्लोबल साउदमा खाद्य असुरक्षालाई उल्लेखनीय रूपमा घटाउन सक्छ । भारत प्रमुख चामल निर्यातकर्ता हो । रसिया र ब्राजिल सबैभन्दा ठुलो गहुँ र मकै निर्यातकर्ता हुन् । यो निर्यात ग्लोबल साउदअन्तर्गतका देशमा पुग्ने गर्छ ।

तेस्रो ब्रिक्सको कृषि सहयोगको प्रतिबद्धताले विश्वव्यापी खाद्य सुरक्षामा थप योगदानका लागि बलियो जग खडा गरेको छ । फुजियान प्रान्तको सियामेनमा सन् २०१७ मा भएको ब्रिक्स शिखर सम्मेलनमा समूहले ‘ब्र्रिक्स देशहरूको कृषि सहयोगका लागि कार्ययोजना २०१७–२०२०’ सुरु ग¥यो, जुन सन् २०२४ सम्म विस्तार गरिएको थियो ।

यो योजनाले कृषिमा विश्वव्यापी जलस्रोत दक्षतामा सुधार, गरिबी र भोकमरी उन्मूलन, खाद्य सुरक्षा नीतिमा सुधार र उत्कृष्ट अभ्यास साझा गर्नेलगायत सहयोगका विशेष क्षेत्र पहिचान गरेको छ । लक्ष्य भनेको समावेशी नीति लागू गर्नु र अन्तरब्रिक्स खाद्य सुरक्षा सुनिश्चित गर्न लगानी आकर्षित गर्नु हो ।

र, चौथो ब्रिक्सको सबैभन्दा ठुलो अर्थतन्त्र र प्रमुख खाद्य उत्पादक तथा उपभोक्ताको रूपमा चीनले समूहको खाद्य सुरक्षा पहलमा प्रमुख भूमिका खेल्न सक्छ । ब्रिक्सको कुल गार्हस्थ्य उत्पादनको ७० प्रतिशतले चीनको कृषि क्षेत्र र उन्नत कृषि अभ्यासले विश्व खाद्यान्नको मूल्यलाई स्थिर राख्न, ग्लोबल साउदअन्तर्गतका राष्ट्रहरूको खाद्य उत्पादन बढाउन र विश्वव्यापी खाद्य मूल्य शृंखलामा दिगो विकासलाई प्रवद्र्धन गर्न महŒवपूर्ण योगदान पु¥याउन सक्छ ।

विश्वको सबैभन्दा ठूलो खाद्य उत्पादक चीनले आफ्नो कृषि पूर्वाधारमा निरन्तर सुधार गरेको छ, प्राविधिक इनपुटहरू बढाएको छ र स्थिर खाद्य उत्पादन कायम राख्न आफ्नो औद्योगिक संरचनालाई समायोजन गरेको छ । चीनको प्रतिव्यक्ति खाद्यान्न उत्पादन विश्वव्यापी औसतभन्दा बढी छ । चीनमा जीवनस्तर बढ्दै जाँदा विश्वको खाद्यान्न निर्यातको आधाभन्दा बढी चीनमा प्रवाहित हुँदा पशु आहारको माग पनि बढ्छ । खाद्य उत्पादनको सबैभन्दा ठुलो आयातकर्ताको रूपमा चीनले विश्वव्यापी खाद्य आपूर्ति स्थिर गर्न प्रमुख भूमिका खेल्छ ।

ब्रिक्स सदस्यहरू र ग्लोबल साउथका बाँकी देशहरूले आफ्नो खाद्य सुरक्षालाई अझ राम्रोसँग सुरक्षित राख्दा विश्वव्यापी खाद्य प्रशासन ढाँचा अझ बलियो हुनेछ र विश्वव्यापी खाद्य सुरक्षालाई सुरक्षित गर्न मद्दत गर्नेछ । प्रमुख क्षेत्रीय शक्तिको रूपमा ब्रिक्स सदस्यहरूले आफ्नै देशहरूको प्रतिनिधित्व मात्र गर्दैनन्, तर तिनीहरूको सम्बन्धित क्षेत्रमा महŒवपूर्ण प्रभाव पनि छ । भूराजनीतिक संकटलाई सम्बोधन गर्न र विश्वव्यापी व्यवस्थालाई नयाँ आकार दिन ब्रिक्सको भूमिकालाई संवाद र सहयोगको माध्यमबाट थप वृद्धि गरिनेछ ।

विश्वव्यापी खाद्य सुरक्षा चुनौतीको सामना गर्दै ब्रिक्सले सदस्य राष्ट्रहरूसँग पूर्वाधार, प्रविधि र नीतिगत समन्वयमा व्यावहारिक सहयोगमा संलग्न भई खाद्य सुरक्षा पहल सुरु गर्नुपर्छ । लचिलो खाद्य आपूर्ति शृंखला बनाएर र विश्वव्यापी खाद्य मूल्य स्थिर गरेर ब्रिक्सले अन्तर्राष्ट्रिय खाद्य बजारमा एकाधिकार तोड्न र विश्वव्यापी खाद्य सुरक्षामा अर्थपूर्ण योगदान दिन सक्छ ।

चाइना डेलीका लागि ली मिनको आलेख ।

See More On

सुझावित समाचार