१८६९ : अमेरिकामा जेम्स फिस्क र जे गोल्डको नेतृत्वमा सट्टेबाजहरूको एउटा समूहले सुनको भण्डारण गर्दा सुनको मूल्य उच्च भयो । सो घटनालगत्तै तत्कालीन राष्ट्रपति युलिसिस एस ग्रान्टको आदेशमा अमेरिकी ट्रेजरीले ठुलो मात्रामा सुन बिक्री गरेको केही मिनेटमै सुनको मूल्यमा गिरावट आयो ।
सन् १९४८ : अहिलेको चर्चित होन्डा मोटर कम्पनीको स्थापना । अटोमोबाइल निर्माता होन्डा विश्वमै सबैभन्दा धेरै मोटरसाइकल उत्पादन गर्ने कम्पनी हो ।
सन् १९५७ : स्पेनको बार्सिलोनास्थित क्याम्प नोऊ रंगशाला फुटबल प्रशंसकका लागि खुला । करिब एक लाख दर्शक क्षमताको सो रंगशाला युरोपकै सबैभन्दा र विश्वको ११औँ ठुलो रंगशाला हो ।
सन् १९७३ : गिनी बिसाउनेले पोर्चुगलबाट स्वतन्त्रता पाएको घोषणा गरेको थियो । घोषणा गरेको एक वर्षपछि अर्थात् १९७४ को सेप्टेम्बरमा उसले स्वतन्त्र राष्ट्रको मान्यता पाएको थियो ।
सन् १९९३ : नरोद्दम सिंहानुक दोस्रोपटक कम्बोडियाका राजा बने ।