पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

बिहिबार, १३ भदौ, २०८१
डिजिटल संस्करण

अविरल वर्षाले पहिरो खस्दा कर्णाली राजमार्गमा यातायात सञ्चालन रोकिएको छ। सुर्खेत–जुम्ला सडकअन्तर्गत कालीकोटको गगनेखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए।

उनले पहिरो पन्छाउने काम भइरहेको बताए। वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ।
 

सुझावित समाचार