प्रस्तावित निर्वाचन आयुक्त प्रधानविरुद्धको सुनुवाइ स्थगित

चारमध्ये तीन उजुरीकर्तासँग छलफल, यौन हिंसाको आरोपबारे थप अध्ययन गरिने

बिहिबार, २१ असार, २०८१
डिजिटल संस्करण

निर्वाचन आयोगको आयुक्त पदमा सिफारिस कृष्णमान प्रधानको संसदीय सुनुवाइ स्थगित भएको छ।

प्रधानविरुद्व आएका उजुरीका सम्बन्धमा थप अध्ययन गर्नुपर्ने भन्दै शुक्रबारलाई निर्धारण गरिएको सुनुवाइ स्थगित गरिएको समिति सदस्य महेश बर्तौलाले जानकारी दिए।

संसदीय सुनुवाइ समितिले बिहीबार चारजना उजुरीकर्तामध्ये उपस्थित तीन उजुरीकर्तासँग छलफल गरेको छ। एक उजुरीकर्ता उपस्थित भएनन्। 

प्रधानबाट यौन हिंसामा परेकी पीडित महिला पनि सुनुवाइ समितिमा उपस्थित हुँदै आफूमाथि प्रधानले गरेको हिंसाको सिलसिला सुनाएपछि समितिको माहोल भावुक बनेको थियो।

सुझावित समाचार