४३.१६ प्रतिशत नेपालीमा बिमा पहुँच

जीवन बिमाशुल्क ९८ अर्ब ५९ करोड र निर्जीवन बिमाशुल्क २६ अर्ब २७ करोड संकलन

सोमबार, १४ जेठ, २०८१
डिजिटल संस्करण

 ४३.१६ प्रतिशत नेपाली बिमाको दायरामा आएको देखिएको छ । आइतबार सार्वजनिक आर्थिक सर्वेक्षणको तथ्यांकअनुसार फागुनसम्म सो अनुपातमा नेपाली बिमाको दायरामा आएका हुन् । यद्यपि, यो गत आवको तुलनामा कम हो । ०८० असारसम्म बिमाको पहुँच ४४.३८ प्रतिशत जनसंख्यामा पुगेको थियो ।  

०८० फागुनसम्म बिमा कम्पनीहरूको कुल शाखा संख्या दुई हजार नौ सय ३२ पुगेको छ । त्यसमा जीवन बिमा कम्पनीको एक हजार सात सय ८९, निर्जीवन बिमा कम्पनीको एक हजार ३५ र लघुबिमा कम्पनीका एक सय आठ शाखा रहेका छन् । 
०७९ फागुनसम्म जीवन बिमा कम्पनीको दुई हजार दुई सय ६ र निर्जीवन बिमा कम्पनीको एक हजार नौ गरी तीन हजार दुई सय १५ शाखा कार्यालय थिए । तर, यसपालि मर्जरका कारण बिमा कम्पनीको शाखा कार्यालय घटेको देखिन्छ । हाल नेपालमा १४–१४ वटा जीवन तथा निर्जीवन बिमा कम्पनी, सात लघुबिमा कम्पनी र दुई पुनर्बिमा कम्पनी छन् । 

फागुनसम्म जीवन बिमाशुल्क ९८ अर्ब ५९ करोड रुपैयाँ र निर्जीवन बिमाशुल्क २६ अर्ब २७ करोड रुपैयाँ संलन भएको छ । फागुनसम्म जीवनतर्फ एक करोड ३८ लाख सात हजार दुई सय ४९ र निर्जीवनतर्फ १९ लाख ६२ हजार २४ वटा पोलिसी सक्रिय छन् । 

जीवन बिमा कम्पनीहरूले दुई अर्ब ३१ करोड रुपैयाँ दाकी भुक्तानी गरेका छन् । एक लाख ९४ हजार तीन सय ९४ वटा संख्यामा सोबराबरको दाबी भुक्तानी भएको हो । निर्जीवन बिमातर्फ ९५ हजार दुई सय १६ संख्यामा १० अर्ब ७३ करोड रुपैयाँबराबरको कुल दाबी भुक्तानी भएको छ । 

See More On

सुझावित समाचार