सदन सञ्चालनबारे सभामुखले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै

आइतबार, ६ जेठ, २०८१
डिजिटल संस्करण

सभामुख देवराज घिमिरे प्रतिनिधिसभाको ११ बजे निर्धारण गरिएको बैठक सञ्चालन गर्न दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै छन् । सभामुखको सचिवालयका अनुसार बिहान साढे १० बजे बानेश्वरस्थित संसद् भवनभित्र सभामुखको कार्यकक्षमा प्रमुख सचेतकहरूसँग छलफल हुन लागेको हो ।

सहकारी ठगीमा संसदीय छानबिन समिति बनाउन दलहरू तयार भएका छन् । सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने आफ्नो माग सम्बोधन गर्न सत्तापक्ष सहमत भएपछि कांग्रेस संसद् खोल्न लचक भएको छ । 

शनिबार सत्तारूढ दल र कांग्रेसबीच समिति बनाउने सैद्धान्तिक सहमति भएसँगै कार्यविधि टुंग्याउन कार्यदल गठन भएको छ । समिति गठनपूर्व कार्यविधि तय हुनेछ । 

See More On

सुझावित समाचार