सागर ढकालले लिए वेस्ट इन्डिजकाे तीन विकेट

शनिबार, २२ बैशाख, २०८१
डिजिटल संस्करण
सागर ढकालले लिए वेस्ट इन्डिजकाे तीन विकेट

तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले तेस्रो सफलता प्राप्त गरेको छ। त्रिवि क्रिकेट मैदानमा तीनै विकेट सागर ढकालले लिएका हुन्।

सागरले कादिम एलेन, जोनसन चार्ल्स र मार्क दयाललाई पेभेलियन फर्काएका हुन्। १.४ ओभरमा  एलेनलाई रोहित पौडेलबाट क्याचआउट गराएका सागरले आठौँ ओभरको पहिलो बलमा चार्ल्स र सोही ओभरको तेस्रो बलमा दयालको विकेट लिए।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेको नेपालले पहिले फिल्डिङ गरिरहेको छ। नेपाल रिसिजमा दोस्रो जित निकाल्ने दाउमा छ। यसअघि भएको चारमध्ये तीन खेल जित्नै सिरिज वेस्ट इन्डिजले जितिसकेको छ।

सुझावित समाचार