तत्कालीन कार्यालय प्रमुख आचार्यसहित पाँचविरुद्ध भ्रष्टाचार मुद्दा

मंगलबार, ४ बैशाख, २०८१
डिजिटल संस्करण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत पाँचजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

उनीहरूमाथि ठूलीभेरी नगरपालिका– ३ दुनै डोल्पामा खेलकुद मैदान निर्माणका लागि कर्णाली प्रदेश सरकारबाट प्राप्त भएको रकम अनियमितता गरेको पाइएको छ।

आयोगले सामाजिक विकास कार्यालय डोल्पाका प्रमुख आचार्य, सबइन्जिनियर मोतीप्रसाद बुढा, उपभोक्ता समितिका अध्यक्ष अभिषेक शाही, सचिव अपार गुरुङ र कोषाध्यक्ष विश्वनाथ शाहीविरुद्ध रु. नौ लाख ९३ हजार नौ सय ४०बराबरको बिगो दाबी गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। 

See More On

सुझावित समाचार