दोस्रो विकेटका रूपमा आसिफ आउट

सोमबार, ३ बैशाख, २०८१
डिजिटल संस्करण
दोस्रो विकेटका रूपमा आसिफ आउट

तस्बिर : एसिसी

एसिसी प्रिमियर कपअन्तर्गत नेपालले हङकङविरुद्ध दुवै ओपनरलाई गुमाएको छ। पहिलाे विकेटका रूपमा कुशल भुर्तेल ३२ रन जोडेर आउट भएसँगै अर्का ओपनर आसिफ शेख ४० रन बनाएर पेभेलियन फर्किए।

भुर्तेलले तीन चौका र दुई छक्काको मद्दतमा ३२ रन जोड्दा १८ बल सामना गरेका आसिफले तीन चौका र तीन छक्कासहित ४० रन जोडे।

ओमानको अल अमिरात क्रिकेटमैदानमा टस जितेर पहिले फिल्डिङ गरेको नेपालले जितका लागि एक सय १५ रनको लक्ष्य पाएको छ। भुर्तेल र शेख दुवै आउट भएपछि अहिले रोहित पौडेल र सन्दीप जोरा क्रिजमा छन्।

सुझावित समाचार