चित्रकलाले बालबालिकामा ल्याउने परिवर्तन

बुधबार, २७ मंसिर, २०८०
डिजिटल संस्करण

रंगको महत्व, जीवनको महत्व, जीवनमा ऊर्जाको महत्व, राम्रा–नराम्रा पक्षबारे चित्रकलाले बुझाउँछ । त्यसैले बालबालिकालाई चित्रकला सिकाउँदा सिर्जनात्मक क्षमता प्रस्फुटित हुन्छ ।

ध्यान क्षमता वृद्धि : चित्रकलाले ध्यान क्षमता बढाउँछ र अन्य विषयमा पनि राम्रो हुन्छ । 

उत्प्रेरणा : क्रिएटिभ लर्निङका लागि पनि चित्रकला महत्वपूर्ण छ । यसले बालबालिकामा सकारात्मक प्रवाह गर्छ । उनीहरू सिर्जनशील बन्छन् । 

धैर्य : धैर्य भएन भने कुनै पनि काम राम्रो हुँदैन । चित्रकलामा धैर्यता अझै धेरै आवश्यक पर्छ । हुन त, चित्र सधैँ राम्रो बन्छ भन्ने पनि छैन । तर, विद्यार्थीले राम्रै बनाउनुपर्छ भनेर प्रयास गरिरहेका हुन्छन् । चित्रकला गर्ने विद्यार्थीको हस्तलेखन पनि राम्रो हुन्छ ।

सुझावित समाचार