हुम्लाको अदानचुलीमा बोलेरो दुर्घटना हुँदा चालक घाइते

बिहिबार, २३ कार्तिक, २०८०
डिजिटल संस्करण

हुम्लाको अदानचुली गाउँपालिकामा बाेलेरो जिप दुर्घटना हुँदा चालक घाइते भएका छन्।

अदानचुली– ३ को शान्ति बजारमा क.प्र.०२००१ज००१६ नम्बरको बाेलेरो बिहीबार बिहान १ बजे दुर्घटना हुँदा जिपका चालक मुगु घर भएका दीपेन्द्र लवाड सामान्य घाइते भएको गाडीधनी जानदत्त जैशीले जानकारी दिए। 

अदानचुली– ५ को बारीगाउँबाट श्रीनगर आउने क्रममा चन्दनाथ बहुउद्देश्यीय बहकारी संस्थाको अगाडिको बाटोभन्दा १० मिटर तल खस्दा जिपका चालक सामान्य घाइते भएको पत्रकार मोहनसिंह बुढाले जानकारी दिए।

दुर्घटनामा सामान्य घाइते भएका चालक लवाडको श्रीनगर स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। सामान्य घाइते भएका चालक लवाडको टाउको र हातमा चोट लागेको बताइएको छ। 

जिपमा चालकसहित अदानचुलीकै नवराज जैशीलगायत दुईजना सवार रहेको श्रीनगर प्रहरी चौकीले जनाएको छ।

See More On

सुझावित समाचार